काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक सरेको छ। वीरगन्जमा असार २८ र २९ गते हुने भनिएको बैठक एक दिन पर सारिएको हो।
असार २९ गते बकर ईद परेकाले बैठक सार्नुपरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । अब बैठक वीरगन्जमा नै असार २९ र ३० गते बस्ने छ।
दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, संगठन सुदृढीकरण र आगामी प्रदेश र संघीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति तयारीका विषयमा छलफल हुने बताइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation