३१ असार २०८१, आइतबार

दक्षिण कोरियाले बढायो कामदारको तलब

  • १७ असार २०७९, शुक्रबार
Image

काठमाडौं- दक्षिण कोरियाले सन् २०२३ देखि कामदारको ज्याला बढाउने भएको छ।

बुधबार बसेको ज्याला निर्धारण समितिको बैठकले अहिलेको ज्यालामा ५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो। 

यसपछि कामदारको तलब प्रतिघण्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) हुनेछ।

यसबाट रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया गएका ३५ हजारभन्दा बढी नेपाली कामदार लाभान्वित हुने भएका छन्।  हरेक वर्ष इपीएस परीक्षा प्रणालीमार्फत नेपालीहरुलाई लग्‍ने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर