काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २४ सय ९४ जनामा गरिएको परीक्षणबाट ४९ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार १२ सय ३४ जनाको पीसीआर र १२ सय ६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै, अहिले नेपालमा एक सय ६७ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण नेपालमा हालसम्म ११ हजार नौ सय ५२ जनाले ज्यान गुमाइसकेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation