७ वैशाख २०८१, शुक्रबार

'मंकिपक्स' को आशंका गरिएका पुरुषमा कुष्ठरोग देखियो

  • ३ असार २०७९, शुक्रबार
Image

काठमाडौं- नेपालमा मंकिपक्सका शंकास्पद भनिएका एक पुरुषमा कुष्ठरोग देखिएको छ। दुबई हुँदै नेपाल आएका २७ वर्षीय पुरुषमा ज्वरो तथा हातमा बिबिरा देखिएका आधारमा परीक्षणका लागि टेकु अस्पताल भर्ना गरिएको थियो।

अस्पतालले प्रयोगशाला परीक्षण र ड्रमाटोलोजिष्टहरुको टीमले गरेको अनुसन्धानले मंकिपक्सको नभइ कुष्ठरोग भएको पत्ता लागेको हो। अस्पतालमा गरिएको परीक्षणमा ती पुरुषमा मंकीपक्स संक्रमण नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सूचना अधिकारी नवराज गौतमले बताए।

मंकीपक्स संक्रमण नदेखिएका उनी थप परीक्षणका लागि अहिले टेकुमा नै रहेको गौतमले जानकारी दिए। 

प्रतिक्रिया

सम्बन्धित खवर