१९ वैशाख २०८१, बुधबार

चुनाव, रुस–युक्रेन युद्ध र कोभिडको कारणले पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको हो : शिक्षामन्त्री पौडेल

  • ३१ जेठ २०७९, मङ्गलबार
Image

लोक कलम सम्वाददाता, 

काठमाडौँ, ३१ जेठ । 

 विद्यार्थीका लागि पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले काम नगरेको भन्दै सांसदहरूले उठाएका प्रश्नको आलोचना गर्दै गर्दा  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले भने  काम भइरहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्री पौडेलले जनक शिक्षा सामग्री केन्द्रको बचाउ गरेका हुन् । 

सांसदहरूले पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाउने तर समयमा कहिल्यै पाठ्यपुस्तक विद्यार्थीको हातमा नपु¥याउने जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नुपर्ने धारणा राखेका थिए । मन्त्री पौडेलले त्यस्ता धारणाले आफूलाई दुःख लागेको बताए । ’जनक शिक्षा सामग्री केन्द्र खारेज गर्दा पनि हुन्छ भन्ने कुरा यहाँ उठाउनुभयो । मलाई दुःख लागेको छ । बौद्धिक माननीय सदस्यज्यूहरूले यस प्रकारका कुरा नराखिदिँदा हुन्छ,’ उनले भने ।

संघीय राजधानी काठमाडौंकै विद्यालयमा पुस्तक नपुगेको र दुर्गममा पुस्तक पु¥याउनका लागि जनक शिक्षाले तदारुकता नदेखाएको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका थिए । मन्त्री पौडेलले भने, ’निःशुल्क पाठ्यपुस्तक छपाइ तथा वितरण शैक्षिक सत्र २०७९ मा विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १–३ को निजी प्रकाशनबाट र कक्षा ४–१२ को पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ तथा वितरण हुने व्यवस्था गरिएको छ ।’

जनक शिक्षा सरकारको स्वायत्त निकाय भएको बताउँदै मन्त्री पौडेलले त्यसलाई सुदृढ बनाउन सांसदहरूले पनि भूमिका खेल्नुपर्ने बताए । ’राज्यको तर्फबाट त्यसलाई सबल, बलियो, राम्रो बनाउनु, सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो । त्यसकारण त्यसलाई खारेज गर्ने होइन असक्षमता कार्यसम्पादनमा त्रुटि छ भने सबल बनाउनका निम्ती आवश्यक सहयोग गर्ने, परिमार्जन गर्ने, प्रविधियुक्त गर्ने र व्यवस्थगित गर्ने कुरा हाम्रो दायित्वको कुरा हो,’ उनले भने ।

पाठ्यपुस्तक छपाइमा ढिलाइ हुनुको कारण कोभिड १९ लगायतका कारण रहेको शिक्षामन्त्री पौडेलको भनाइ थियो । त्यस्तै, जनक शिक्षाका कर्मचारी निर्वाचनमा प्रयोग हुनुले पनि छपाइ ढिलो भएको बताए । ’म आफैं जनक शिक्षामा पाँच पटक पुगेको छु । समयमा नै पाठ्यपुस्तक पु¥याउनुपर्छ भनेर हामीले अहोरात्र ध्यान दियौं तर दुर्भाग्य कागजको आपूर्ति समयमा हुन सकेन,’ उनले भने, ’जनक शिक्षा समग्रीका कर्मचारी पनि चुनावमा जानुपर्ने बाध्यता भयो । १५ दिन पाठ्यपुस्तक पु¥याउन ढिला भयो ।’

समयमा पाठ्यपुस्तक नपुगे पनि अनलाइनमा पाठ्यक्रम र पाठ्यपुस्तक राखिएकाले त्यसैबाट वैकल्पिक व्यवस्थास्वरुप पठनपाठन गर्नुपर्ने शिक्षामन्त्री पौडेलको भनाइ थियो ।

जनक शिक्षा सामग्री केन्द्रका अधिकरीले पनि चुनाव, रुस–युक्रेन युद्ध र कोभिडको कारण देखाउँदै पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको बताउने गरेका छन् ।

शिक्षामन्त्री पौडेलले भने आगामी वर्षदेखि सातवटै प्रदेशमा जनक शिक्षा सामग्री केन्द्रको कार्यालय खोलेर पुस्तक छपाइ गर्ने बताए ।


प्रतिक्रिया

सम्बन्धित खवर