१९ वैशाख २०८१, बुधबार

नुवाकोटमा ६ घण्टादेखि नाङ्गो तारमा झुण्डिरहेका छन् यी व्यक्ति

  • २८ जेठ २०७९, शनिबार
Image

काठमाडौं- नुवाकोटमा एक जना पुरूष विद्युतको तारमा झुन्डिएका छन्। बिहान १० बजेदेखि ती पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी आश्चर्यमा परेका छन्।

ककनी गाउँपालिका ७ मा रहेको पोलमा चढेर विद्युतीय तारमा पनि हिँडिरहेका बेलकोटगढी नगरपालिका १३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले उनलाई झर्नको लागि फकाइरहेका छन्। प्रहरीका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ। स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनलाई अहिले पोलबाट झार्ने प्रयास भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर