१० असार २०८१, आइतबार

सम्पादकीय : खुल्यो महानगरको फोहोर माथि लागेको भोटे ताल्चा

  • २४ जेठ २०७९, मङ्गलबार
Image

२०४६ सालको जनआन्दोलन बाट प्राप्त प्रजातान्त्रिक व्यवस्था देखी सुरु भएको परिवर्तनको चाहना मुलुकलाई गणतन्त्रमा लैजाँदा सम्म पुरा भएको थिएन् । सधैँ राजनीतिक दलका चाटुकारहरुको  बिच घुमिरहेको  राजनीतिको खेल मैदानमा ३३ वर्ष पछि आएर परिवर्तनको एउटा सानो टुसा पलाएको छ । बिगत तिन दशक देखी राजनीतिक सिन्डिकेटको भरमा चलेको स्थानिय शासनलाई सिन्डिकेटबाट उन्मुक्ति दिनको लागि पनि बालेनको जित अपरिहार्य थियो । 

यसपटकको स्थानिय तह निर्वाचनमा ‘ब्यालेट’बाट स्थापित भएको छ त्यही असन्तुष्टि । सधै पुराना ढर्रा र पुरातात्विक सोचले जनमानसलाई आफनो लयमा हिँडाउन पल्केका राजनीतिक दलका नेताहरुलाई महानगरबासीले देखाएको ठूलो साहस पनि हो र शिक्षा पनि ।जसै महानगरबासीले राजनीतिक दलका परिवर्तनको स्वाद चखाए । त्यसपछि फेरी सुरु भयो । काठमाडौँ महानगरमा आफनो अस्तित्व जोगाउने खेल । जुन खेलको बलियो  माध्यम बन्यो  काठमाडौँ महानगरको फोहोर । महानगरको फोहोर व्यवस्थापन फोहोरी खेलमा परिणत हुँदै आएको कुरा जान्नलाई  विगतका फोहोर व्यवस्थापनलाई हेर्दा पनि थाहा हुन्छ । 

महानगरको फोहोरमैला व्यवस्थापन   राजनीतिक दललाई  राजनीति गर्ने गतिलो भोटे ताल्चा भएको थियो । जसको साँचो दलका प्रतिनिधिबाहेक अन्य कसै सँग थिएन ।  काठमाडौँ महानगरको मेयरमा भारी मतका साथ स्वतन्त्र उम्मेदवारका रुपमा विजयी यात्रा हासिल गरेका बालेन्द्र साहले जसै आफनो पद तथा गोपनियताको सपथ लिदैँ आफूले बिगतमा भनेका कुराहरुलाई तदारुकताका साथ समाधान गर्ने बाटो खन्न थाले । 

अनि सुरु भयो फोहोर व्यवस्थापनको फोहोरी खेल । अहिले महानगरको मुख्य समस्या भनेको नै यही थियो । फोहोरको  टुप्पी समाउँदा मेयर बालेन्द्रको सोचमा धक्का लाग्ने अनुमान पनि थियो स्थानिय निकायमा निर्वाचित भएर महानगरमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरुलाई । 

अरुले गरेको पनि देख्न नचाहने र आफूले पनि केही नगर्ने यो त मानव जातीमा भएको एउटा अद्भुत गुण नै हो । त्यही गुणको प्रयोग गरिएको थियो फोहोर व्यवस्थापनमा । जुन कति सफल कति विफल भयो  त्यसको नतिजा आउँदा दिनमा देखीदै जान्छन् । 

जे होस् उपत्यकाबासी देखी नवनिर्वाचित मेयर सम्मको टाउको दुखाईको बिषय बनेको उपत्यकाको फोहोरले अब राजनीति देखी टाढा बस्ने मौका पाएको छ । यो मौका उपत्यकाबासीहरुको लागि खुसीको खबर पनि हो ।  

आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण, सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि १ करोड ७० लाख विनियोजन गर्ने, जग्गा अधिग्रहणको सम्बन्धमा वातावरणीय प्रभाव 

मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि सोको आधारमा अधिग्रहण गर्नुपर्ने जग्गा यकिन गरी प्रक्रिया सुरु गर्ने सहमतिका साथ अहिलेलाई उपत्यकाको फोहोरले बिश्राम पाउने भएको छ । भने साथै प्रभावित क्षेत्रका बासिन्दाका लागि १० शय्याको अस्पताल सञ्चालनका लागि सरकारलाई अनुरोध गर्ने सहमति बिच राजधानीको फोहोर उठाउने सहमति भएको छ जुन खुसीको कुरा पनि हो ।

प्रभावित क्षेत्रका तर्फबाट मंगलबारबाटै बन्चेरडाँडामा उपयुक्त विधिअनुसार फोहोर विसर्जन गर्ने काममा ककनी र धुनिबेंसी नगरपालिकाले सहयोग तथा सहजीकरण गर्ने निर्णय भएको छ । यस्तै, सिसडोल ल्यान्डफिल साइटको वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनका आधारमा व्यवस्थापन योजना बनाएर ६ महिनाभित्र पोस्ट क्लोजरको प्रक्रिया सुरु गर्नेसमेत प्रतिबद्धता जनाइएको छ । यसका लागि पहिलो कार्यमा सफलता हासिल  गरेकोमा मेयर साहलाई  शुभकामना दिनै पर्छ ।   
















































प्रतिक्रिया

सम्बन्धित खवर