८ कार्तिक २०८३, शनिबार

दुधभात खान पल्केका राजनीतिका नामुद चाटुकार पुष्पकमलको पछाडी काँग्रेस लाग्नुमा फाइदा भन्दा घाटा धेरै

  • २२ जेठ २०७९, आइतबार
Image

१९, जेठ ।

नेपालको राजनीतिक बजारलाई बेलाबखतमा तताउने राजनीतिका नामुद चाटुकार ( चापलुसी गर्ने) राजनीतिक कलाकारको संज्ञा(नामपद) पाएका व्यक्ति  हुन् नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । 

पुष्पकमल नाम जति नरम र सरल छ । तर नाम अनुसारको व्यवहार र  गुण पुष्पकमलमा नदेखीएका प्रसङ्गहरु बारम्बार पहिले  नेपालका सूचना केन्द्र देखी सामाजिक सञ्जालहरुमा छाउन थालेका विषय हुन् । जहिले पनि आफनो राजनीतिक स्वार्थमा आफनो दिमाग घुमाउन पल्केका पुष्पकमलले आफनो स्वार्थलाई जसरी भएपनि पुरा गर्न   सक्ने क्षमता पनि राखेका छन् । 

जसै आफनो स्वार्थपूर्तीको अन्त्य हुन्छ । त्यही सहयोगीको पछाडि हात धोएर लागि हाल्ने बानी पनि पुष्पकमलको अर्को अन्र्तनिहित(भित्र लुकेको) गुण हो । 

पुष्पकमलको गुणलाई लिएर नेपाली राजनीतिक बजारमा बेला बखत निकै चर्चाको बिषय पनि हुने गरेको छ । त्यही चर्चा मध्ये बिगतमा उनकै समकक्षी रहेका नेपाल कम्युनिष्ट पार्टी(एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वैशाख २५ गते उनैलाई लक्षित गरेर दुधभात खान पल्केकाहरू जसले बढी दुधभात दिन्छ उसैतिर ढल्कने बताएका थिए ।

यसरी राजनीतिको दूध तताउने भाँडो (कुँडे) परिवर्तन गर्न पनि पुष्पकमललाई केही निमेष(अवसर) चाँहिदैन् भन्ने कुरा विस्तारै देखीन थालेको छ ।   

प्र्रसङ्ग हो गठबन्धनीय दलको बैठकको । नेपाली काँग्रेस(नेका)ले आगामी कात्तिकभित्रै संघीय संसद्को निर्वाच गर्न प्रस्ताव गरेसँगै पुष्पकमल आत्तिएका थिए । 

उनले निर्वाचनमा गठबन्धनबीच सिट बाँडफाँट हुँदा धैरैभन्दा धेरै हात पार्न नेकासँग बार्गेनिङ (मोलमोलाइ) गर्न थालेका छन् । उनले आफूले भने जति सिट नपाए नेकाको हालत पनि एमालेको जस्तै बनाइदिने भन्दै धम्क्याउन थालेका छन् ।  संघीय निर्वाचनमा माओवादीले नेकाको साथ लिएर एमालेभन्दा ठुलो पार्टी बन्ने रणनीति लिएको छ ।

नेका पनि एमालेमा जस्तै अहंकार र दम्भ चुलिएको उल्लेख गर्दै एमालेलाई जस्तै ठेगान लगाउने दिन नआओस् भन्ने धम्की दिए। ‘काँग्रेसमा पनि एमालेमा जस्तै अहंकार र दम्भ चुलिएको छ। माओवादी केही होइन भन्ने कांग्रेसको व्यवहार धेरै ठाउँमा देखिएको छ। एमालेलाई ठेगान लगाएजस्तै भोलि हामीले कांग्रेसलाई पनि ठेगान लगाउनुनपरोस्,’ । 

माओवादी र नेकपा एस एमालेसँग मिल्न सक्ने खतरालाई ध्यानमा राखेर कांग्रेसले संघीय संसद्को निर्वाचन कात्तिक÷मंसिरमा गर्न प्रस्ताव राखेको छ ।

तर उता नेका सभापति एवं प्रधानमंन्त्री शेरबहादुर देउवा फेरी अर्को कार्यकालको लागि प्रधानमन्त्री हुने दाउमा लागेका छन् । भनिन्छ दुध दिने गाईको लात्ति सहनु पर्छ भने पुष्पकमलको लात्ति सहेर पनि सत्ता आफनो पोल्टो बाट बाहिर जान नदिने दाउमा लागेका छन् ।

यसरी पुष्पकमलको गाली खाएर सत्ता लम्ब्याउनु र प्रधानमन्त्री बन्दा नेका सभापति देउवालाई लाभ होला । तर समग्र राजनीतिलाई हेर्ने हो यसमा फाप भन्दा अफाप नै ज्यादा हुने कुरा राजनीतिक पण्डितहरुको अनुमान छ । 


प्रतिक्रिया

सम्बन्धित खवर