१६ चैत २०८०, शुक्रबार

सम्पादकीय : बालेनको जीतले सनातनबादी सोच, क्षेत्रीयताको नारा र भुगोलमा रमेर राजनीति गर्न पल्केकाहरुको माथा गरम

  • १३ जेठ २०७९, शुक्रबार
Image

बदलिएको समय अनुरुप आफूलाई बदल्नु  राजनैतिक दल, नेतृत्व, व्यक्ती, प्रवृत्ति र पद्धति सबैको जिम्मेवारी हो । अहिलेको बदलिएको परिस्थितीलाई आत्मसात गर्नु पनि सबैको दायित्व बनेको छ ।

गत बैसाख ३० गते भएको स्थानिय निर्वाचनमा बिशेष चर्चाको पात्र रहेका थिए स्वतन्त्र उम्मेदवारहरु । स्वतन्त्र मध्ये पनि असल चर्चाको पात्र बनेका थिए काठमाडौँ महानगरपालिकाको मेयर पदमा नवनिर्वाचित बालेन्द्र साह(बालेन) । सोच भन्दा बाहिरको परिस्थितीलाई अहिले महानगरबासीले आफनो काँधमा बोकेका छन् । 

सधैँ सनातनबादी सोच, क्षेत्रीयताको नारा र भुगोलको कुराहरु उठाएर निर्वाचन होमिन पल्केका महानगरमा राजनीति गर्ने ठूला राजनीतिक दलहरुलाई मिठो लोप्पा ख्वाएका छन् ह्वाइट हाउस इन्ष्टिच्युड अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनीयरिङमामा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इञ्जिनीयरिङमा स्नातकोत्तर सम्मको अध्धयन गरेका महानगरका  नवनिर्वाचित मेयर बालेनले । 


निर्वाचनको प्रचारप्रसारको क्रममा काठमाडौँ महानगरलाई स्वर्ग टुक्रा बनाउँछु, सुन्दर र शान्त बनाउँछु भन्दै मतदातालाई इन्द्रचोकको मिठो जेरीको स्वाद दिएर  गफमा भुलाउन खोज्ने महानगरका राजनीतिक दलका ठेकेदारहरुलाई बालेनको जित ठूला शिक्षा हुनेछ अन्नतकाल सम्म । 

काठमाडौँ महानगरमा बालेनको प्रवेशले अहिले यहाँ सनातनबादी सोच, क्षेत्रीयताको नारा र भुगोल रमेर राजनीति गर्न पल्केकाहरुको माथा नै गरम हुन् थालेको छ । बिना राजनीतिक दल केही हुँदैन भन्ने पुरातनबादी सोच राख्नेहरुका लागि पनि बालेन ठूलो शिक्षा बनेका छन् ।   

मुख्य दलको शैली र प्रस्तुतिप्रति असन्तुष्ट मतदाताले ‘वैकल्पिक राजनीतिको नारा र दल’ नरोजेको अवस्थामा नै महानगरमा बालेनको प्रवेश हो । राजनीतिक दलको बढ्दो हौवा देखी आजित भएर मतदाताले राजनीतिक दललाई सबक सिकाउन थालनी गरेको पहिलो पाठ पनि बालेनको महानगर प्रवेश ।  

बालेनको विजय राजनीतिक दलको  पराजय मात्रै होइन, उनीप्रति जनताको आशा र विश्वासको जित पनि हो । 

आम नागरीकको पहिलो प्राथमिकतामा रहेको शिक्षा र स्वास्थ्यलाई आफनो कार्य थालनीको पहिलो नम्वरमा राखेका बालेनका सोच र काम गर्न सक्ने क्षमताले नै उनलाई काठमाडौँ महानगरबासीले पत्याएको हो भन्दा फरक नपर्ने स्थिती अहिले छ ।

 त्यस्तै महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने,   प्रभावकारी शिक्षण सिकाइका लागि प्रविधिको प्रयोग र बालबालिकासँग गरिने अन्तरक्रियाबारेमा विदेशबाट विशेषज्ञ झिकाएर शिक्षकका लागि आवश्यक तालिमको व्यवस्था गर्ने । यसले गुरु र शिष्यबीचको सम्बन्धलाई गाढा बनाउनेछ । बालबालिकालाई घरदेखि विद्यालय जाउँजाउँ लाग्ने वातावरणको निर्माण गर्ने । 

कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गर्ने  । काठमाडौँ उपत्यकाको इतिहास, संस्कृति, सम्पदा, आयुर्वेद, योगध्यानका बारेमा बालबालिकाले सजिलो तरिकाले बुझ्ने गरी पाठ्यक्रम बनाउने  । जसले गर्दा भोलिका दिनमा देश तथा विदेशबाट आएका पर्यटकसँग भेट हुँदा बालबालिकाले कला, संस्कृति, इतिहासका बारेमा सम्पूर्ण जानकारी दिन सकून् भन्ने कुरालाई अहिले बालेनले प्राथमिकतामा राखेका छन् । 

काठमाडौँ महानगरवासीले मत दिएर र देशभरका नागरिकले शुभकामनाका साथ नेतृत्व गर्ने अवसर पाएका बालेनले  पक्कै पनि महानगरबासीको भावनालाई ठेस पुर्याउने छैनन् ।  राजधानीलाई नमूना महानगर बनाउने अठोट लिएका बालेन विगतबाट पाठ सिक्दै भविष्यलाई परिणाममुखी बनाउन सबैको साथ र सहयोग आश पनि राख्छन् । 


प्रतिक्रिया

सम्बन्धित खवर