लोक कलम सम्वाददाता
बर्दिया, ११ जेठ
बर्दियाको राजापुर नगरपालिकाले राजनीतिमा इच्छुक सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन निर्देशन दिएको छ ।राजापुर नगरपालिकाका मेयर दिपेश थारुले आफना नगरका विद्यालयहरुलाई पत्राचार गर्दै शिक्षक तथा कर्मचारीहरुलाई सात दिनभित्र राजीनामा दिन पनि पत्र काटेका छन् ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले राजीनामा दिएको विवरण सात दिनभित्र नगर कार्यालयमा पेश गर्न पनि मेयर थारुले भनेका छन् ।

शिक्षा ऐन विपरित शिक्षक र कर्मचारीहरु विभिन्न राजनैनिक दलको कार्यकारिणी पदमा रहेकाले विद्यालयको पठनपाठन प्रभावित भएको पत्रमा उल्लेख छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation