१६ चैत २०८०, शुक्रबार

निर्वाचन सफलता पूर्वक सम्पन्न : नेका प्रवक्ता डा. महत

  • १० जेठ २०७९, मङ्गलबार
Image

काठमाडौँ -सरकारले गत बैसाख ३० गते एकै चरणमा देशभर सञ्चालन  गरेको स्थानिय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले सरकारले  निर्वाचनको उचित व्यवस्थापन गर्दा गर्दै पनि बाहुबली प्रर्दशन गरेकोमा नेपाली काँग्रेस(नेका) का प्रवक्ता एवं स्थानिय तह निर्वाचन केन्द्रिय प्रचार प्रसार समितिका संयोजक डा.प्रकाश शरण महतले मंगलबार सञ्चारकर्मीहरु उपलब्ध गराइएको प्रेस नोट मार्फत  चर्को बिरोध गरेका छन् ।

 प्रवक्ता डा. महतले २०१५, २०४८, २०५१, २०५६, २०६४, २०७४ को संसदिय निर्वाचन  २०४९ र २०७९ को स्थानिय निर्वाचन नेकाको नेतृत्वमा सम्पन्न भएको बताउँदै यी निर्वाचन धाँधली रहित र शान्ति पूर्ण रहेको जनाइएको छ  ।  २०५४ सालमा एमाले नेतृत्व सरकारले गराएको स्थानिय निकायको निर्वाचनमा धाँधली भएको बताउँदै प्रवक्ता डा. महतले भनेका छन्  सरकारले निर्वाचनको पूर्ण बन्दोवस्ती गर्दा गर्दै पनि केही एमालेका केन्द्रिय स्तरका नेताहरुको नेतृत्वमा बाजुराको बुढिगंगा नगरपालिकाका २,३,५ र ९ वडाहरुमा हिँसात्मक गतिबिधि गराउन प्रेरित गरेको बताए । 

यहाँ नेकाका उम्मेदवारहरुलाई धम्काउने, शारिरीक आक्रमण गर्ने देखी विभिन्न उद्दण्ड कार्यहरु भएको पनि सञ्चारकर्मीहरुलाई जानकारी दिइएको छ  । जसको कारणले निर्वाचन अधिकृतले बाध्य भएर राजीनामा दिएको पनि प्रवक्ता डा. महतले बताए ।  प्रकाशित प्रेस नोटमा  नेकाले बिजयी  गरेका पालिकाहरुको बारेमा पनि जानकारी गराइएको थियो ।  


प्रतिक्रिया

सम्बन्धित खवर