१९ वैशाख २०८१, बुधबार

कागेश्वरी मनोहरा नगरपालिकामा नवनिर्वाचित कार्यपालिका बैठकले गरे यी ४ निर्णय

  • १० जेठ २०७९, मङ्गलबार
Image

काठमाडौं- काठमाडौंको कागेश्‍वरी मनहरा नगरपालिकाको नवनिर्वाचित कार्यपालिकाको पहिलो बैठकले विभिन्‍न चारवटा निर्णयहरु गरेका छन्। कागेश्‍वरीको मेयरमा निर्वाचित उपेन्द्र कार्कीले विभिन्‍न चारवटा निर्णयहरु गरेको जानकारी दिए।


उनका अनुसार नगरपालिकाभित्र रहेका ज्येष्ठ नागरिकहरुलाई मधुमेह, उच्च रक्तचाप तथा निमोनियाको खोपलगायतका स्वास्थ्य परिक्षणसहितको स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन घरघरमा नै स्वास्थ्यकर्मी परिचालन गरी निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। 


त्यसैगरी नगरबासीलाई स्वस्थ खानेपानीको सुनिश्‍चितता गर्न कागेश्वरी मनोहरा बृहत खानेपानी आयोजना सञ्चालन गर्नको लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ। 

कार्यपालिकाले गरेका चार निर्णयहरु :

१. मिति २०७९/०१/३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यस कागेश्वरी मनोहरा नगरपालिकाका सम्पूर्ण मतदाताहरुले उत्साहपूर्वक सहभागिता जनाई हामीलाई निर्वाचित गराउनु भएकोमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दै आम मतदाता तथा नगरबासीहरुको अपेक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्ने। 

२. यस नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा सञ्‍चालनमा रहेका प्रारम्भिक बालविकास (ECD) कक्षाहरुलाई समान स्तरमा सञ्‍चालन गर्नलाई शैक्षिक सामग्री लगायत पूर्वाधारयुक्त बनाउनको लागि नगरपालिकाले आवश्यक बजेट सहितको व्यवस्था गर्ने। 

३. यस नगरपालिका भित्र रहेका जेष्ठ नागरिकहरुलाई मधुमेह, उच्च रक्तचाप तथा निमोनियाको खोपलगायतका स्वास्थ्य परिक्षणसहितको स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन घर घरमा नै स्वास्थ्यकर्मी परिचालन गरी निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था मिलाउने र सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुलाई नियमित स्वास्थ्य परिक्षण तथा उपचार सेवा विद्यायलमा नै निःशुल्क उपलब्ध गराउने।

४. यस नगरपालिकाभित्र सञ्‍चालित खानेपानी समस्यलाई निराकरण गर्नका लागि आगामी पाँच वर्ष भित्र प्रत्येक घरमा स्वच्छ खानेपानीको एक धारा उपलब्ध गराउनको लागि विद्यमान खानेपानी आपूर्तिको अवस्था, उपलब्ध वैकल्पिक व्यवस्था र श्रोत समेतको पहिचान गरी कागेश्वरी मनोहरा बृहत खानेपानी आयोजना संचालन गर्नको लागि सम्भाव्यता अध्ययन गर्ने।


प्रतिक्रिया

सम्बन्धित खवर