१६ चैत २०८०, शुक्रबार

एक हजारले घट्यो सुनको मूल्य

  • १५ वैशाख २०७९, बिहिबार
Image

काठमाडौँ -  सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । बधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ ताेकिएकाे छ । चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ । बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर