काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतको संयुक्त इजलासमा आज सुनुवाइ हुँदै छ। मंगलबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज सरकारी वकिलहरुले बहस गर्ने भएका छन्।
यसअघि गभर्नर अधिकारीतर्फका वकिलहरुले बहस गरेका थिए। न्यायाधीश हरि फुँयालको वैशाख ६ गतेको इजलासले जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। उक्त अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने पक्षमा छलफल गर्न दुवै पक्षलाई वैशाख १३ गते बोलाउन इजलासले आदेश दिएको थियो।
वैशाख १३ गते न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा बहस भएको थियो। उक्त बहस नसकिएपछि रिटको पेशी आजका लागि तोकिएको छ। आज सरकारी वकिलहरुले बहस गरेपछि अन्तरिम आदेशलाई निरन्तरता दिने नदिनेबारे आदेश आउने छ।
चैत २५ मा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेपछि उनी निलम्बनमा परेका थिए। उक्त निर्णय खारेजीको मागसहित अधिकारीले ४ वैशाख ४ मा सर्वोच्चमा रिट दायर गरेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation