३१ असार २०८१, आइतबार

गभर्नर अधिकारीको रिट दर्ता, भोलि नै पेशी

  • ५ वैशाख २०७९, सोमबार
Image

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दिएको रिट दर्ता भएको छ। उक्त रिटको भोलिलाई पेशी तोकिएको छ।

सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको भन्दै गभर्नर अधिकारीले आइतबार रिट दायर गरेका थिए। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले दर्ता प्रक्रिया पूरा भएको र भोलिलाई पेशी तोकिएको बताए।

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्। अधिकारीले रिटमा आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गरेका छन्।  

प्रतिक्रिया

सम्बन्धित खवर