२२ भदौ २०८१, शनिबार

प्रधानमन्त्री देउवा किन जाँदै छन् बनारस?

  • १८ चैत २०७८, शुक्रबार
Image

काठमाडौं- तीन दिने भारत भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्दैछन्। नयाँ दिल्लीमा शुक्रबार भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्ने कार्यक्रम छ। 

त्यससँगै शनिबार प्रधानमन्त्री नरेन्द्र मोदी र उपराष्ट्रपति वयंक्या नायडुसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्। दिल्लीमा भेटवार्ता गरिसकेपछि प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले संयुक्तरुपमा कुर्था-जयनगर, सोलु कोरिडर प्रसारण लाइन, १३६ स्वास्थ्यचौकीको उद्घाटन गर्ने भएका छन्। 

आइतबार बिहान प्रधानमन्त्री देउवा बनारस जाने भएका छन्। नेपाल–भारत सम्बन्धका जानकारहरुले भारतीय प्रधानमन्त्री मोदीको निर्वाचन क्षेत्र तथा तराईसँग सांस्कृतिक रूपमा जोडिएको हिसाबले बनारस भ्रमण गरेर देउवाले नेपाल र भारत दुवैतिर सन्देश दिन खोजेको बताइरहेका छन्। 

नेपाल-भारत सम्बन्धका विज्ञ निहार नायकले भने, ‘हिन्दू एजेन्डा नेपाली जनताको विषय हो। हिन्दु धर्मका अगुवा उत्तर प्रदेशका मुख्यमन्त्री योगीजी केवल मुख्यमन्त्री हुन्। नेपालसँगको सम्बन्धमा राजकीय तहमा कर्मचारीतन्त्रले मात्रै निर्णायक प्रभाव पार्न सक्छ, अरूले चाहेर मात्रै हुँदैन।’

बनारसलाई कांग्रेसका संस्थापक नेता बिपी कोइराला, कृष्णप्रसाद भट्टराईको राजनीतिक कर्मथलो बनाएका थिए। गिरिजा प्रसाद कोइराला र शुशिल कोइराला पनि भारत भ्रमणका क्रममा बनारस जाने गरेका थिए। कांग्रेसकै एक नेताले भने, ‘प्रधानमन्त्री देउवाले बनारससँगको पुरानो बिरासतलाई लिएर जान चाहनुभएको छ। कांग्रेसभित्रको शक्ति समीकरणमा पनि यसले प्रभाव पार्छ भन्ने देउवाको विश्वास छ।’

प्रतिक्रिया

सम्बन्धित खवर