१८ मंसिर २०७९, आइतबार

एमालेले मासिक अढाई करोड लेवि कसरी संकलन गर्छ ? (पूर्णपाठ)

  • १८ चैत २०७८, शुक्रबार
Image

काठमाडौं - नेकपा एमालेले पार्टीको आर्थिक स्रोत बलियो बनाउन लेवि संकलनलाई अभियानकै रुपमा सञ्चालन गर्ने तयारी थालेको छ।

एमालेले पार्टीभित्र उच्च आय भएका ५ हजार जनाले पार्टीलाई मासिक ५ हजार दिनुपर्ने नियम बनाएर अन्तर पार्टी निर्देशन (अपानी) जारी गरिएको हो।

‘बैंकका खाताहरूको खोजी गर्ने, मौज्दात रकम रुजु गर्ने र संविधान र कानुनको अधीनमा रही पार्टीको कोष व्यवस्थापन गर्ने काममा केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभाग क्रियाशील छ,’ निर्देशनमा भनिएको छ। तर, निस्क्रिय पारिएको केन्द्रीय आर्थिक व्यवस्थापन विनियमको व्यवस्था अहिलेको सन्दर्भमा अपर्याप्त रहेको भन्दै पार्टीको बैठकले केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम २०७८ पारित गरेको हो।

जसअनुसार पार्टीको दिगो आर्थिक स्रोतका लागि विभागका प्रभुखले ५ हजार लेवि दिने ५ हजार जना अभियान (फाइभ थाउजेन्ड बाइ फाइभ थाउजेन्ड अभियान) प्रस्ताव गरेका थिए।

एमालेका उच्च आय भएका ५ हजार सदस्यले यस कार्यकालभरि नै अनलाइनमार्फत हरेक महिना ५ हजारका दरले योगदान गर्ने प्रस्ताव बैठकले पारित गरेको अपानीमा उल्लेख छ। यो निर्णय कार्यान्वयन भए यस अभियानबाट मात्रै मासिक २ करोड ५० लाख र वार्षिक ३० करोड रूपैयाँ लेवि संकलन हुनेछ।

२०७५ जेठ ३ गते माओवादीसँग एकीकरणपश्चात एमालेको कोष व्यवस्थापन तथा नियन्त्रण गर्न बनेको केन्द्रीय आर्थिक व्यवस्थापन विनियम २०६७ निस्क्रिय बनेको थियो। २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि नेकपाको निरन्तरताको रुपमा नेकपा एमाले पुनः क्रियाशील भयो। 

यस्तो छ अपानी-३ को पूर्णपाठ


प्रतिक्रिया

सम्बन्धित खवर