१७ वैशाख २०८१, सोमबार

‘नवीन्द्रराज जोशी व्यक्तित्व र योगदान’ पुस्तक लोकार्पण

  • १३ चैत २०७८, आइतबार
Image

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको प्रथम स्मृति दिवसकाअवसरमा प्रकाशित ‘नवीन्द्रराज जोशी व्यक्तित्व र योगदान’पुस्तकको लोकार्पण गरिएको छ। उक्त पुस्तकको लोकार्पण कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका हुन् ।

निष्ठाको राजनीति, सङ्घर्ष, दूरदर्शी र लक्ष्यमा अडिक नवीन्द्रराज असङ्ख्य गुणले भरिएको सद्गुणको पुञ्ज भएको नेता पौडेलले उल्लेख गरे। कार्यक्रममा कांग्रेस महामन्त्रीद्धय गगन कुमार थापा र विश्व प्रकाश शर्मालगायत नेताहरु सहभागी थिए। नवीन्द्रराज जोशी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकमा वरिष्ठ नेता पौडेल, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता बलबहादुर केसी, वरिष्ठ पत्रकार होमनाथ दाहाल, समाजसेवी नरोत्तम वैद्य, राजनीतिज्ञ नीलाम्बर आचार्यलगायतले जोशीसँगको सापीप्य र राजनीतिसँग जोडिएका लेख समावेश छन्।

कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री, संविधानसभा सदस्य, काठमाडौँ महानगरपालिकाको संस्थापक उपमेयर, नेपाल विद्यार्थी सङ्घको पूर्वमहामन्त्री, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष जोशीको गत वर्ष मस्तिष्कघातका कारण आजकै दिन निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर