१८ वैशाख २०८१, मङ्गलबार

कांग्रेस अप्ठ्यारो परिस्थितिमा बनेको गठबन्धन कायमै राख्न चाहान्छ : गृहमन्त्री खाँण

  • ४ चैत २०७८, शुक्रबार
Image

बुटवल - गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन्।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ ख रुपन्देहीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाँणले मुलुकमा आइपरेको अफ्टेरो परिस्थितिमा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न कांग्रेसले चाहेको स्पस्ट पारेका हुन्।

स्थानीय निर्वाचनको मिति नजिकिँदै गरेको अवस्थामा खाँणले गाँउ र नगरमा विकास हुन कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नै पर्ने बताए। उनले भने, 'तल्लो तहसम्म गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय निर्वाचनमा जित्नैपर्छ। शान्ति र स्थायीत्वका लागि कांग्रेसले आगामी निर्वाचन जित्नुपर्छ।'

उनले अमेरिकी सरकारले नेपाललाई दिएको अनुदान एमसीसी जनताको पक्षमा र जनताको हितमा रहेको बताए। एमसीसी नेपालमा नदीबाट उत्पादन हुने विजुली जनताको घरघरसम्म पुर्‍याउन आवश्यक गर्ने ट्रान्समिसन बनाउन स्वीकारिएको पनि उनले स्पस्ट पारे।

मुलुकको आर्थिक अवस्था चुनौतिपूर्ण रहेको बेलामा त्यसको सामना गर्न एमसीसीले सहयोग पुर्‍याउने उनले दाबी गरे। पेट्रोलियम पदार्थको मूल्य वृद्धि बढिरहेको र आयात पनि बढिरहेकाले अब त्यो आयात घटनाउन विद्युतीय सामग्रीको प्रयोग गर्न पनि उनले आग्रह गरे।

विजुली उत्पादन वृद्धि गर्नका लागि एमसीसी सदनबाट पास गरिएको उनको तर्क छ। एमसीसीबाट आउने अनुदानले गरिवी हटाउन मद्दत गर्ने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर