९ कार्तिक २०८३, आइतबार

जसपाका नेताको कृषि फार्ममा भेटियो विष्फोटक पदार्थ र धम्कीपूर्ण पत्र

  • १ चैत २०७८, मङ्गलबार
Image

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य हरि रिजालको कृषि फार्ममा विष्फोटक पदार्थ फेला परेको छ। जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एक ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन्। 

डा. भट्टराईका अनुसार रिजालको दाङस्थित कृषि फार्ममा धम्कीपूर्ण पत्र पनि आएको थियो। उनले सो घटना निन्दनीय भएको बताएका छन्। 

एमसीसी वा कुनै पनि बाहनामा यस्ता अपराधिक काम गर्नेमाथि राज्यले तुरुन्त कारबाही गर्नुपर्ने समेत उनले बताएका छन्। 

उनले लेखेका छन्, जसपा केन्द्रीय सदस्य हरि रिजालको दाङस्थित कृषि फार्ममा बिष्फोटक पदार्थ राख्ने,धम्कीपूर्ण पत्र पठाउने कार्य जो कसैले गरेको भए पनि निन्दनीय छ। एमसीसी वा कुनै पनि बहानामा यस्ता अपराधिक कार्य गर्ने उपर राज्यले तुरून्त कार्वाही गरोस् र नेता रिजाल,उहाँका सहकर्मी र परिवारको सुरक्षा गरोस्!'


प्रतिक्रिया

सम्बन्धित खवर