१० असार २०८१, आइतबार

रुकुमको ओडारमा एक दर्जन बढी सकेट बम भेटिए

  • २७ फागुन २०७८, शुक्रबार
Image

काठमाडौं-पूर्वी रुकुमको एक ओडारभित्र लुकाई राखेको अवस्थामा करिब एक दर्जन बढी सकेट बम फेला परेको छ।

बिहीबार दिउँसो सिस्ने गाउँपालिका-२ को बुर्केसल्लास्थित ओडारमा गाई चराउन जानेहरूले बम जस्तो देखिने शंकास्पद वस्तु फेला पारेका थिए। 

उनीहरुले गाउँपालिका-२ का वडाध्यक्ष जीवन केसीलाई खबर गरेका थिए भने केसीले  प्वाङ इलाका प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरीले सकेट बम भएको पुष्टि गरेको थियो। 

रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले १० लिटरको कालो ड्रमभित्र सकेट बम फेला परेको बताए।

उक्त बम नेपाली सेनाको टोलीले डिस्पोज गर्ने तयारी भएको उनले जानकारी दिए। 

प्रतिक्रिया

सम्बन्धित खवर