३१ असार २०८१, आइतबार

अनुसन्धान गर्न पल शाहलाई गैँडाकोट ल्याइयो 

  • २४ फागुन २०७८, मङ्गलबार
Image

चितवन- नाबालिग बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैँडाकोट ल्याइएको छ।  तनहुँ प्रहरीमा बलात्कारको जाहेरी दिएकी किशोरीले गैँडाकोटको एक रिसोर्टमा पनि शाहले बलात्कार गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दर्ता गरेकी थिइन्।

उक्त मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी दिलिप गिरीले जानकारी दिए। बलात्कार मुद्दामा तनहुँ प्रहरीले पनि दोस्रो पटक १२ दिनको म्याद लिएर साहमाथि अनुसन्धान गरिरहेको छ। बुधबार जिल्ला अदालतबाट हिरासतमा राखी म्याद अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइने डीएसपी गिरीले बताए। १६ फागुनमा ती किशोरीले इलाका प्रहरी कार्यालय गैँडाकोटमा किटानी जाहेरी दिएपछि भरतपुर अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

बलात्कार मुद्दामा अनुसन्धान गर्न आरोपित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो । गैँडाकोटमा गीत छायांकनका क्रममा गत वर्ष ७ चैतमा एक रिसोर्टमा राखेर आफूलाई बलात्कार गरेको किशोरीले किटानी जाहेरी दिएकी छिन्। 

 

प्रतिक्रिया

सम्बन्धित खवर