काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। स्थानीय तह निर्वाचनको माहोल बनाउन मंगलबार कांग्रेसले गाउँगाउँ पुग्ने अभियान घोषणा गरेको छ।
कांग्रेसका गाउँ जाने प्रतिनिधिहरूलाई प्रधानमन्त्रीसमेत रहेका देउवाले गठबन्धनलाई असर गर्ने कुनै गतिविधि नगर्न निर्देशन दिएका हुन् । ‘गठबन्धन दललाई चित्त दुख्ने गरी कुरा नगर्नू,’ सभापति देउवाका भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि राम्रो व्यवहार गर्नू।’ कांग्रेस प्रतिपक्षी दललाई पनि राम्रो व्यवहार गर्ने पार्टी भएको देउवाको भनाइ थियो।
उनले अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा जनतामा छरिएका भ्रमहरु चिर्न पनि नेताहरुलाई निर्देशन दिएका छन् । कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधि रुपमा खटाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation