७ वैशाख २०८१, शुक्रबार

मौसम : चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

  • १५ फागुन २०७८, आइतबार
Image

काठमाडौं- नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव जारी छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जनाएअनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशका पहाडी भेगमा मौसम आंशिक बदली भएको छ। 

यस्तै आज दिउँसो पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ। यस क्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। अनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका केही स्थान तथा बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। 

महाशाखाका अनुसार आज राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।  

मौसमविद्का अनुसार दिउँसो भन्नाले त्यस दिनको बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ। यसैगरी आंशिक बदली भनेको धरैजसो आकाश खुला, थोरैमा बादल, सामान्य बदली भनेको धेरैजसो आकाशमा बादल, थोरै खुला, पूर्ण बदली भनेको पूरै आकाश बादलले ढाकेको तथा मौसम सफा भनेको आकाशमा कतै बादल नभएको अवस्था हो।

प्रतिक्रिया

सम्बन्धित खवर