१० असार २०८१, आइतबार

संसद भवनभित्रै प्रधानमन्त्री देउवा र ओलीबीच छलफल

  • १२ फागुन २०७८, बिहिबार
Image

काठमाडौं -  प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। संसद भवन नयाँ बानेश्वरमा देउवा र ओलीबीच छलफल भइरहेको छ।

कांग्रेस र एमालेका दोस्रो तहका केही नेताहरूलाई समेत राखेर ओली र देउवाबीच छलफल भइरहेको हो । एमालेसँग छलफलका लागि भन्दै प्रधानमन्त्री देउवाले संसद् बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए । देउवाकै आग्रहमा सूचना टाँसेर बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

संसदमा विचाराधीन एमसीसी सम्झौतालाई अनुमोदन गराउन प्रधानमन्त्री देउवाले नेकपा एमालेको साथ खोजेको छन् । सत्तारुढ गठबन्धनमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षको साथ खोजेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर