१६ चैत २०८०, शुक्रबार

संसद बैठक भोलिसम्मका लागि स्थगित

  • १२ फागुन २०७८, बिहिबार
Image

काठमाडौंप्रतिनिधिसभाको बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ। सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि सारिएको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीबारे छलफल गर्ने तयारी थियो। तर, बस्दै नबसी सूचना टाँसेर शुक्रबारसम्मका लागि स्थगित गरिएको हो । ‘सरकारको आग्रहमा आजको बैठक स्थगित गरिएको छ। अब भोलि दिउँसो १ बजे बस्नेछ,’ जसपा प्रमुख सचेतक प्रमोद शाहले बताए। 


 

प्रतिक्रिया

सम्बन्धित खवर