७ वैशाख २०८१, शुक्रबार

सरकारमा बसेर एमसीसीको विरोध गर्नु उचित होइन : मन्त्री झाँक्री

  • ११ फागुन २०७८, बुधबार
Image

काठमाडाैं - सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहायता परियोजना एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । बुधबार चितवनमा सञ्चार्कर्मीसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् ।

'कि त सरकार छोडेर सडकमा जानुपर्‍यो । कि सरकारमा बसेर सडकमा जानुभएन,' झाँक्रीले भनिन् । सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्ने विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो । 'विरोधाभाष कुरा हुँदैन । पार्टीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन,' उनले भनिन् । सबै जिल्ला कमिटीलाई एमसीसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसीसी गलत भए आँफूहरू ब्याक हुने बताइन् । आफू अहिले सरकारको मन्त्री भएको भन्दै उनले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताइन् ।

एमसीसी स्वीकार गर्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनको भनाइ थियो । पार्टीको सचिवालयले एमसीसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उनले यस विषयमा छलफल जरुरी रहेको बताइन् ।तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद्‌मा एमसीसी टेबुल गर्न चाहेको भन्दै झाँक्रीले अहिले (नेकपा एमाले) को मौनताले केही असहज बनाएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर