१८ मंसिर २०७९, आइतबार

दुई युवक अपहरण गरेको आरोपमा दाङबाट ५ जना पक्राउ

  • ११ फागुन २०७८, बुधबार
Image

काठमाडौं : दुई जना युवालाई अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा दाङको तुलसीपुरबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीले तुलसीपुर-३ बस्ने निशान शाही ठकुरी, सुमित भण्डारी, वडा नम्वर ९ का प्रेम डाँगी र दुर्गेश शर्मा र वडा नम्वर ८ का कमल विकलाई पक्राउ गरेको हो।

तुलसीपुर-३ दमारगाउँको जंगल नजिकैबाट सल्यान बागचौर नगरपालिका-९ का १९ वर्षीय ललित वली र रमन डाँगीलाई कुटपिट तथा अपहरण गरेको उनीहरुमाथि आरोप लागेको छ।

घटनामा संलग्न रहेका भनिएका तुलसीपुर-८ नयाँबस्ती २० वर्षीय विशाल सुनार भने फरार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर