१६ चैत २०८०, शुक्रबार

शेयर बजारमा सामान्य अङ्कको गिरावट 

  • ५ फागुन २०७८, बिहिबार
Image

काठमाडौं ।  साताको अन्तिम दिन शेयर बजार मापक नेप्से परिसूचक १.९४ अङ्कले घटेको छ। यस दिन परिसूचक ०.०७ प्रतिशतले बढ्दै २७३२.५१ विन्दुमा झरेको छ । बिहीबार ठूला कम्पनीहरूको शेयर मापक ०.०२ अंकले घट्दै ५१८.६४ विन्दुमा झरेको छ।

यस दिन २ सय २२ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता शेयर २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँमा कारोबार भएको छ। यस दिन व्यापार, जलविद्युत, उत्पादन तथा निर्माण, अन्य तथा म्युचुअल फन्डको सूचक बढेको छ भने बाँकी समूहको सूचक ऋणात्मक छ।  बिहीबार तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक धेरै ६.४७ प्रतिशतले कमाएका छन् भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक धेरै ४.०२ प्रतिशतले गुमाएका छन् । आज कारोबार रकमका आधारमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक धेर २२ करोड ३७ लाख ३६ हजार १९७ रुपैयाँमा शेयर खरिदबिक्री भएको छ। 

 

प्रतिक्रिया

सम्बन्धित खवर